काठमाडौंको १० क्षेत्रमा के गर्दैछ वाम गठबन्धन ?

काठमाडौं, ६ मंसिर । काठमाडौं जिल्लाका वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएसँगै उत्साहित बनेका वाम गठबन्धनका उम्मेदवारले चुनावी अभियानलाई तीव्र बनाएका हुन् अहिलेसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको ती क्षेत्रका उम्मेदवारले जानकारी दिएका छन् । काठमाडौंबाटै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल समेत उम्मेदवार रहेका कारण उहाँहरु पनि घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएको छ । करिब एक हप्ता आफ्नै निर्वाचन क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त बन्नुभएका नेपाल र पोखरेल पछिल्लो समय राजधानी बाहिरका चुनावी सभामा समेत सहभागी हुन थाल्नु भएको छ वरिष्ठ नेता नेपाल सोमबार ओखलढुंगाको चुनावी सभामा र मंगलबार चितवनको चुनावी सभामा भाग लिएर फर्किनु भयो भने आज उहाँ आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर–२ को कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी भएर आजै सिरहाको सभामा जानु भएको छ महासचिव पोखरेल ओखलढुंगाको चुनावी सभामा भाग लिन त्यता प्रस्थान गर्नुभएको छ । ओखलढुंगा उहाँको जन्मभूमि पनि हो नेपाल र पोखरेल राजधानी बाहिरका चुनावी सभामा समेत केन्द्रित भए पनि अन्य उम्मेदवार भने आ–आफ्नै चुनावी क्षेत्रको घरदैलो र चुनावी सभामै केन्द्रित भएका छन् । काठमाडौँ क्षेत्र नम्बर–१ मा वाम गठबन्धनका तर्फबाट अनिल शर्मा उम्मेदार हुनुहुन्छ । उहाँ अहिले आफ्नै क्षेत्रको चुनावी अभियानमा व्यस्त हुनुहुन्छ । उहाँलाई एमालेका तर्फबाट उम्मेदवारको चर्चामा रहनुभएकी सवित्रा भुसालले सहयोग गरिरहनु भएको छ । काठमाडौँ जिल्ला इन्चार्ज समेत रहनु भएकी सावित्री भुसालले प्रचारको क्रममा वाम गठबन्धनका उम्मेदवारलाई उत्साह मिलेको बताउनु भयो । उहाँले दिनदिनै वामगठबन्धनको भेला बढदै गएको पनि बताउनु भयो काठमाडौ क्षेत्र नं. २ बाट उम्मेदवार बन्नुभएका वरिष्ठ नेता नेपाल र क्षेत्र नं. ५ बाट उम्मेदवार बन्नुभएका महासचिव पोखरेलले पनि चुनावी घरदैलोलाई तीव्रता दिनुभएको छ क्षेत्र नं. २ को काठमाडौँ वडा–३२ कोटेश्वर र गोठाटारमा भेला सकेर वरिष्ठ नेता नेपाल आज सिरहा जानु भएको प्रदेश नं. ३ का प्रचार विभाग प्रमुख एंव काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’का उम्मेदवार सानु श्रेष्ठले जानकारी दिनुभयो । नेपालले आगामी मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने हुनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो मंगलबार चितवनमा आयोजित वाम गठबन्धनको चुनावी सभामा नेपाल सहभागि हुनु भएको थियो । वरिष्ठ नेता नेपाल उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा सहभागि हुनु भएको थियो काठमाडौ क्षेत्र नं. ३ का प्रतिनिधी सभाका उम्मेदवार तथा काठमाडौं जिल्ला कमिटी अध्यक्षसमेत रहनु भएका कृष्ण राईले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको जानकारी दिनुभयो । उहाँले कोठे भेला, वैठक र सभालाई निरन्तरता दिएको पनि जानकारी दिनुभयो । ‘मतदाताको घरदैलोमा जाने, उहाँहरुसँग भेटघाट गर्ने, समस्या बुझ्ने जस्ता कामलाई हामीले तीव्रता दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौँ । अब फेरि एक पटक सकेर दोस्रो पटक पनि जनताको घरदैलोमा जानेछौँ ।’उहाँले उम्मेदवारी दर्तापछि निरन्तर प्रसारमा लागेको बताउनुभयो । ‘घरदैलो भेला विहानैदेखि सक्रिय भएर लागेका छौ,’ उहाँले भन्नुभयो, ‘टोलभेला र घरदैलोमा वाम गठबन्धनका उम्मेदवार पुग्दा मतदाताले उत्साहित हुनु भएको छ । हामी यसपटक काठमाडांैका सवै क्षेत्रमा जितेर लालकिल्ला बनाउने छाँै ।‘यसैगरी क्षेत्र नं. ४ मा पनि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ । क्षेत्र नं. ४ बाट प्रतिनधि सभाका उम्मेदवार डा. राजन भट्टराईले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको बताउनु भएको छ । ‘हामी अहिले पनि निरन्तर घरदैलो कार्यक्रममा छौँ,’ उहाँले भन्नुभयो, ‘हामी जहाँजहाँ चुनावी अभियान लिएर गएका छौँ । त्यहाँत्यहाँका जनता उत्साहित भएको पाएका छौँ ।’ उहाँले यो पटक क्षेत्र नम्बर–४ मा वाम गठबन्धनको जित निश्चित भएको बताउनुभयो । सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका गगन थापा उम्मेदवार हुनुहुन्छ क्षेत्र नम्बर–५ मा पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ‘हामीले अहिले ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेका छौं,’ क्षेत्र नम्बर–५ काउम्मेदवार समेत रहनु भएका महासचिव पोखरेलले भन्नुभयो, ‘अहिले विभिन्न खाले भेला, बैठक र छलफललाई तिव्रता दिएका छौं । यो पटक यो क्षेत्रबाट जित निश्चित छ । पोखरेलसँग नुवाकोट निवासी कांग्रेसका डा. प्रकाशशरण महत उम्मेदवार बन्नुभएको छ । उहाँ यो क्षेत्रका लागि नयाँ हो क्षेत्र नम्बर–६ मा वामगठबन्धनका तर्फबाट झक्कु सुवेदी उम्मेदवार हुनुहुन्छ । त्यही क्षेत्रमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश सभातर्फका उम्मेदवार बन्नुभएको छ । सातमा रामवीर मानन्धर उम्मेदवार हुनुहुन्छ । उहाँले मंगलबारबाट घरदैलो कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । ‘हामीले मंगलबारबाट एक धक्का दिएका छौँ,’ उहाँले भन्नुभयो ‘मंगलबारबाट घर–दैलो कार्यक्रम सुरु गर्दा हजारौँको उपस्थिति थियो । यो नै हाम्रो जितको आधार हो ।’ उहाँले मंसिर १७ सम्म चुनावी प्रचारलाई तीव्रता दिने जानकारी दिनुभयो । उहाँले आफ्नो मुख्य प्रतिष्पर्धी कांग्रेस भएको र कांग्रेसले उम्मेदवार नै नउठाएकाले जित सहज भएको दाबी गर्नुभयो क्षेत्र नम्बर ८ मा वाम गठबन्धनका तर्फबाट जीवनराम श्रेष्ठ हुनुहुन्छ । उहाँले पनि ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न भएको जानकारी दिनुभयो । त्यही क्षेत्रबाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रदेशसभाबाट उम्मेदवार बन्नुभएको छ । काठमाडौ क्षेत्र नं. ९ मा पनि विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम तीव्ररुपमा अघि बढेको क्षेत्र नम्बर–९ प्रदेश नं. १ का उम्मेदवार डा.अजयक्रान्ति शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँ वडा–२१ को घरदैलो सकिएको छ भने वडा नं. १४ को ६० प्रतिशत घरदैलो सकिएको छ । उहाँले वडा नं. १२ को ५० प्रतिशत घरदैलो सकिएको बताउनुभयो । त्यसैगरी भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिनुभयो काठमाडौ क्षेत्र नं. ९ मा प्रतिनिधि सभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बन्नु भएको छ । क्षेत्र नम्बर–१० मा वाम गठबन्धनका हितमान शाक्य उम्मेदवार हुनुहुन्छ । सो क्षेत्रमा पनि चुनावी घरदैलो कार्यक्रम ७० प्रतिशत सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?