केरुङको रेल कसैले रोक्न सक्दैन, रसुवालाई विश्वले हेर्दैछ

रसुवा, ६ मंसिर । वाम गठबन्धनका तर्फबाट रसुवा जिल्लाका प्रतिनिधिसभाका उम्मेदवार जनार्दन ढकालले अब केरुङबाट काठमाडौं–पोखरा–दम्बिनी रेलमार्ग निर्माणको काम कसैले रोकेर नरोकीने बताएका छन् चुनावी प्रचारका क्रममा रसुवामा आयोजित कार्यक्रममा निवर्तमान सांसद समेत रहेका ढकालले चिनियाँ रेल नेपाल ल्याउने पहल आफुहरुले गरिरहेको बताए । उनले केपी ओलीको सरकारका बेलामा भएका दिर्घकालिन महत्वका सम्झौताहरु कार्यान्वयन गर्न र नेपाललाई समृद्ध बनाउन वाम गठबन्धनलाई दुई तिहाई बहमत आवश्यक रहेको बताए । नेता ढकालले केरुङ मार्गलाई अन्तर्राष्ट्रिय मार्ग बनाइसकिएकाले अब रसुवाको पनि समृद्धिको ढोका खोलीएको बताए रसुवागढी नाकालाई प्राथमिकतामा राख्न र चीनसँगको व्यापार रसुवागढीबाट हुने वातावरण बनाउन आफुले महत्वपुर्ण भुमिका खेलेको बताए । नेता ढकालले रसुवाबाट अन्तर्राष्ट्रि नाकाको ढोका खोलिएको उल्लेख गर्दै अब बन्ने वाम गठबन्धनको सरकारले रसुवालाई उच्च प्राथमिकता दिने बताए नेता ढकालले भूकम्प पछिको पुननिर्माण, राहत वितरण र उद्दारमा आफुले खेलेको भुमिका रसुवाबासीले सम्झिरहेको उल्लेख गर्दै आफ्नो विजय निश्चित भएको दाबी गरे । नेता ढकालले रसुवाबासीले विकास र समृद्धि चाहेको उल्लेख गर्दै आफुसँग रसुवा विकासमा स्पष्ट भिजन रहेको पनि बताए । ढकालले वाम गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन पनि रसुवाबासीसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?