१२ आश्विन २०७९, बुधबार

बलिउड अडिसनमा फेल भएकीले फर्किएर मच्चाउलिन् त बबाल ?

२०७४,मङ्सिर,६,बुधबार ०९:३४

0
Shares

काठमाडौं, ६ मंसिर ।अडिसन दिएर बलिउड चलचित्र अभिनय गर्ने प्रयास असफल भएपछि स्वदेश फर्किएकी पूर्वमिस नेपाल तथा अभिनेत्री श्रृष्टि श्रेष्ठ चलचित्र ‘बाँधमायाले’मा अनुबन्धित भएकी छन् । उनलाई यो चलचित्रमा आर्यन अधिकारीको जोडीको रुपमा प्रस्तुत गर्न लागिएको हो केही चलचित्रको असफलता पछि अलिसमय सुस्ताएका निर्देशक सबिर श्रेष्ठले आर्यन र श्रृष्टीलाई लिएर चलचित्र ‘बाँधमायाले’ निर्देशन गर्न लागेका हुन् ।यसै साताबाट छायाँकन गर्ने भनिएको चलचित्र नवलपरासीबाट सुरु हुने निर्माण युनिटले जनाएको छ ।लेखक समेत रहेका निर्देशक श्रेष्ठले बाँधमायालेलाई आफ्नो ड्रिम प्रोजेक्ट भनेका छन् । उनले चलचित्र लभ स्टोरी बिषयमा बन्ने बताए काईट्स ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुित रहने बाँधमायालेका निर्माता रामहरी धिताल र बिभिसीका श्रेष्ठ हुन् । सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार प्रसाद धिताल रहेका छन् । बाबु श्रेष्ठको छायाँकन रहने फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ । कोरियोग्राफी कविराजगहतराज र रामजी लामिछाने ले गर्नेछन् चलचित्रमा आर्यन र श्रृष्टिको अलवा राजाराम पौडेल, विशाल चाम्लिङको समेत अभिनय रहनेछ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०९:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । फिल्म ‘मिलन’ को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ । आगामी तिहारको अवसरमा १८ कात्तिकबाट

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को पहिलो गीत रेकर्ड गरिएको छ । सुवर्ण सिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको नम्बरी सुनको पहिलो

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप–कुलपति एवं वरिष्ठ कलाकार हरिहर शर्माले कलाका विभिन्न विधाहरुलाई एकीकृत गर्नुपर्ने आवश्यकता

काठमाडौं । ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ को दोस्रो संस्करण आउँदो मंसिर ९ गतेदेखि राजधानीको थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९