ओली प्रचण्डले ५० वर्ष चुनाव हुन दिँदैनन् भन्दै कांग्रेसले भन्यो यस्तो

काठमाडौं, ६ मंसिर । नेपाली काँग्रेसले बाम गठबन्धनले ५० वर्ष शासन गर्छौ भनेर भनिसकेकाले उसको नियतमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बताएको छ । उसले वामले बहुमत ल्याए मुलुकमा निर्वाचन हुनै नदिने दाबी समेत गरेको छ नेपाली काँग्रेसका नेता एवम् केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी कम्युनिष्टहरुको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दिएको तर्क समेत गरे ओली र दाहालले बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने र मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन बुधबार पार्टी निकट बुद्धिजीविहरुमाझ काँग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिष्टहरुले मुलुकमा निर्वाचननै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको पनि दावी गरे उनले मुलुकको सबैभन्दा बढि राष्ट्रवादी शक्ति पनि आफ्नै पार्टी भएको दाबी समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?