१२ आश्विन २०७९, बुधबार

मधेसमा राजपा र फोरमले मंसिर ९ बाट संयुक्त चुनावी सभा थाल्ने

२०७४,मङ्सिर,६,बुधबार ०७:१३

0
Shares

धनुषा, ६ मंसिर । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले देशका विभिन्न भागमा संयुक्त चुनावी सभा गरिरहेका बेला राजपा र संघीय समाजबादी फोरमले पनि मंसिर नौ गतेबाट संयुक्त चुनावी सभा गर्ने भएका छन् । राजपा र फोरमले २ नम्बर प्रदेशका आठवटा जिल्लामा संयुक्त सभाको आयोजना गर्न लागेका हुन् २ नम्बर प्रदेशमा दोस्रो चरणअन्र्तगत मंसिर २१ गते निर्वाचन हुदैछ । दुई नम्बर प्रदेशमा राजपा र फोरम नेपालले गठबन्धन बनाएर संयुक्त उम्मेद्वारी दिएका छन् । यो गठबन्धनले मंसिर ९ गतेबाट २ नम्बरका आठवटै जिल्लामा संयुक्तसभा गरेर चुनावी गतिविधिलाई तिव्रता दिने भएका हुन् । उनिहरुको पहिलो संयुक्त सभा मंसिर ९ गते सप्तरीको राजविराजमा हुनेछ । राजविराजमा हुने संयुक्त सभालाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहीत राजपाका शीर्ष नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम रहेको राजपा नेपालका प्रवक्ता कृष्णा सिंहले जानकारी दिए फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्दैछन् । त्यस्तै दोस्रो संयुक्त चुनावी सभा मंसिर १६ गते जनकपुरधाममा हुनेछ । जनकपुरधाममा हुने बृहत चुनावी सभाको तयारी भईरहेको प्रवक्ता सिंहले बताए । धनुषा क्षेत्र नम्बर ३ बाट राजपाका नेता राजेन्द्र महतो प्रतिनीधिसभा सदस्यको निर्वाचनमा उठेका छन् । जनकपुरमा हुनेसभालाई नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो र उपेन्द्र यादवले सम्बोधन गर्ने तयारी भएको छ । राजपा र फोरम नेपालले राजविराज र जनकपुरका अलावा बिरगंज, गौर, मलंगवा, जलेश्वर र लहानमा पनि संयुक्त सभा आयोजना गर्ने तयारी भएपनि मिति तय भैनसकेको जनाएका छन् ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०७:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९