१३ आश्विन २०७९, बिहीवार

काँग्रेसका स्थानीय नेताको घरमा ‘सुतली बम’को आशंका

२०७४,मङ्सिर,६,बुधबार ०६:४३

0
Shares

नुवाकोट, ६ मंसिर – नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४ का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ । घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । आज नै शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ । यसअघि नेता थापालाई नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारीले भदौ ३१ गते गाउँपालिका सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै मोसो दलेर दुव्र्यवहारसमेत गरेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०६:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर । ख्वप कलेजको आयोजनामा बुधबारदेखि ख्वप कलेज फुटसल टुर्नामेन्ट सुरु भएको छ । फुटसल टुर्नामेन्टको उद्घाटन नगरप्रमुख सुनील प्रजापतिले

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् । बुधवार

आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत

१ निर्वाचन आचारसंहिता बुधबारदेखि लागू हुने, आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबै पक्षलाई प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको आग्रह

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१