युएईविरुद्धको खेलको बन्द प्रशिक्षणमा नरेश र अनिल अटाएनन्

काठमाडौं, ६ मंसिर । विश्व क्रिकेट लिग च्याम्यिनसिप अन्तर्गत युएईविरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीमा नरेश बुढायर र अनिल मण्डल छनौट हुन असफल भएका छन् दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छनोट भएका २० सदस्यमा परेका मेहबुब आलम र शौरभ खनालले भने चोटका कारण नाम फिर्ता लिएका छन् । बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोली घोषणा भएको हो पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका नरेश बुढायर, अनिल मण्डलसँगै सुसन भारी, विक्रम शोव र सुनिल धमला टिममा परेनन् । सुसनले हङकङविरुद्धको पहिलो खेल खेलेका थिए भने नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो । तर दोस्रो खेल वर्षाले नहुँदा उनी खेल्न पाएनन् २० सदस्यीय नेपाली टोलीमा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, करण केसी, दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने छन् यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिलकुमार साह, दिलिप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल र सुशील कँडेल पनि टिममा अटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?