१३ आश्विन २०७९, बिहीवार

काँग्रेसका स्थानीय नेताको घरमा ‘सुतली बम’को आशंका

२०७४,मङ्सिर,६,बुधबार ०६:०७

0
Shares

 नुवाकोट, ६ मंसिर – नुवाकोटको सिक्रे गाउँपालिका, शिवपुरी–४का सदस्य एवं नेपाली काँग्रेस कार्यकर्ता उद्धव थापाको घरमा सुतली बमजस्तो शंकास्पद वस्तु भेट्टिएको छ घरको आँगनमा भेट्टिएको शंकास्पद वस्तुको पहिचान गर्न तथा विस्फोटक पदार्थ भएमा निष्क्रिय बनाउन श्रीनाथगण देवीघाटबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए शंकास्पदवस्तु भएको स्थानलाई अहिले इलाका प्रहरी कार्यालयका प्रहरीले नियन्त्रणमा लिएको छ । आज नै शिवपुरीको शेराबगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेपाली काँग्रेसका उम्मेदवार डा रामशरण महत जाने कार्यक्रमलाई लक्षित गरेर त्रास फैलाउन शंकास्पद वस्तु राखेको हुनसक्ने अनुमान गरिएको छ यसअघि नेता थापालाई नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारीले भदौ ३१ गते गाउँपालिका सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुंश प्रवृत्ति अपनाएको भन्दै मोसो दलेर दुव्र्यवहारसमेत गरेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०६:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१