मुगाबेद्वारा राष्ट्रपति पदबाट राजीनामा, हरारेमा खुसियाली

हरारे, ६ मंसिर । जिम्बाब्वेमा राष्ट्रपति रोबर्ट मुगाबेले अन्ततः पदबाट राजीनामा दिएका छन् । उनको राजीनामापछि हजारौं मानिसहरु निस्किएर स्वतस्फूर्त रुपमा खुसियाली मनाएका छन् मुगाबेलाई हटाउन संसद्मा महाभियोग प्रकिया शुरु भए लगत्तै उनले अप्रत्यासित राजीनामा दिएको पत्र सभामुखले संसद्मा पत्र पढेर सुनाएका थिए सभामुखले राजीनामाको पत्र पढेर सुनाएपछि सांसदहरुले ठूलो आवाज निकालेर सो उक्त घोषणालाई अनुमोदन गरेका थिए मुगाबेले दुई साताअघि उपराष्ट्रपति इमर्सन मनाङ्गाग्वालाई पदबाट हटाएपछि ठीक एक सातअघि त्यहाँको सेनाले सत्ता हातमा लिएर मुगाबेलाई नजरबन्द गरेको थियो सत्तारुढ जानु–पीएफका नेताहरुले अब पूर्वउपराष्ट्रपति मनाङगाग्वाले राष्ट्रपतिको रुपमा शपथग्रहण गर्ने जनाएका छन् । जिम्बाब्वेका विपक्षी नेता मोर्गन सानगिराईले भने अब स्वतन्त्र र निष्पक्ष चुनावको लागि एउटा खाका तयार पार्नुपर्नेमा जोड दिएका छन् समर्थकहरुलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले अब एउटा विश्वसनीय जिम्बाब्वे बनाउनुपर्छ, त्यही भएर जानु–पीएफ एमडीसी र सबै दललाई म के भन्न चाहन्छु, अहिले हामी सबैको टाउको जुधाउने बेला हो, यस्तो जिम्बाब्वे बनाउँ जसले सम्मान आर्जन गरोस् अनि प्रंशसा पाओस् ।’तर जानु–पीएफका नेता टेरेन्स मुकुपेले राजीनामा पत्र संसद्मा वाचन गरिँदा धेरै सांसदहरुको आँखा रसाएका भन्दै पीडादायी रुपमा मुगाबेले पद छाड्नुपरेको बताएका छन् अफ्रिकी संघका अध्यक्ष रहेका गिनीका राष्ट्रपति अल्फा कोन्डेले रोबर्ट मुगाबेको राजीनामाले आफू साँचो अर्थमा प्रशन्न भएको बताएका छन् उनले मुगाबे जस्ता एकजना ‘महान योद्धाले पछाडीको ढोकाबाट राजीनामा दिनुपर्ने अवस्था आउनु लाजमर्दो’ भएको उल्लेख गरे । जिम्बाब्वे संकटको प्रमुख मध्यस्थकर्ता ठानिएको दक्षिण अफ्रिकाले कुनै पनि प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?