१३ आश्विन २०७९, बिहीवार

वैदेशिक रोजगारीमा जाने महिला घटे

२०७४,मङ्सिर,६,बुधबार ०२:०१

0
Shares

काठमाडौं, ६ मङ्सिर- वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२/७३ मा भन्दा साढे दुई लाखले बढेको थियो। तर रोजगारीकै लागि जाने महिला कामदारको संख्या बढे पनि वृद्धिदर भने घटेको छ। चालू आवको तीन महिनामा पनि रोजगारीका लागि बिदेसिने महिला कामदार संख्यामा वृद्धि आउन सकेको छैनगत आवमा कुल ६ लाख ५३ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका थिए। यसमा महिला कामदारको संख्या २७ हजार आठ सय मात्रै थियो। रोजगारीका लागि गत अवमा बिदेसिएका कुल संख्यामध्ये महिला कामदारको हिस्सा ४.२६ प्रतिशत छ। साथै चालू आवको पहिलो तीन महिनामै एक लाख ४२ हजार पाँच सय ९४ युवा विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्। यसमा ६ हजार ५४ जना मात्रै महिला कामदार छन्। तीन महिनामा रोजगारीका लागि बिदेसिएका कुल कामदार संख्याको ४.२४ प्रतिशत मात्रै महिला छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०२:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दक्षिण अफ्रिकामाथि भारतको जित
 २०७९,आश्विन,१३,बिहीवार १०:४६
दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३