परनिर्भरता बढ्दो : तरकारी आयातमा मासिक एक अर्ब

काठमाडौँ, ६ मङ्सिर- राजनीतिक दलहरूले आत्मनिर्भर अर्थतन्त्रको नारा लगाइरहँदा नेपालको परनिर्भरता भने झन्झन् बढ्दै गएको देखिएको छ । स्वदेशमै उत्पादन र निर्यातको पर्याप्त सम्भावना भएका दैनिक उपभोग्य वस्तुमा समेत नेपालको परनिर्भरता अत्यासलाग्दो देखिएको छ । यसको पछिल्लो उदाहरण तरकारी बनेको छ । नेपालीहरूले दैनिक सरदर ३ करोड २२ लाख रुपैयाँबराबरको आयातीत तरकारी खाने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ, नयाँ पत्रिकामा खबर छ नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो तीन महिना (साउनदेखि असोजसम्ममा) भारतबाट २ अर्ब ९० करोड ३८ लाख रुपैयाँबराबरको तरकारी आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९.९ प्रतिशतले बढी हो । नेपालले गत आव ०७३-७४ को पहिलो तीन महिनामा २ अर्ब ६४ करोड रुपैयाँको तरकारी आयात गरेको थियो नेपालीले काम गर्न छाडेकै कारण तरकारीको आयात बढेको वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसार एवं विकास केन्द्र (सिप्रेड)का कार्यकारी निर्देशक जयमुकुन्द खनाल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?