१३ आश्विन २०७९, बिहीवार

मञ्चमा सीता भक्कानिँदा प्रचण्ड आफै असहाय

२०७४,मङ्सिर,६,बुधबार ०१:३४

0
Shares

चितवन, ६ मङ्सिर -मंगलबार चितवनमा वाम गठबन्धनको संयुक्त सभा थियो । आइतबार पुत्र प्रकाशको आकस्मिक निधनको बज्रपात सहनुपरे पनि मंगलबार सपरिवार प्रचण्ड सार्वजनिक कार्यक्रममा देखिए । तर, परिवार शोकमै थियो । वाम गठबन्धनको कार्यक्रममा भाग लिन प्रचण्ड झापा पुग्दा काठमाडौंस्थित निवासमा आमा सीता र छोरा प्रकाश थिए । तर, छोराको निधनपछि सीतालाई छाडेर प्रचण्ड कार्यक्रममा जान सकेनन् । प्रचण्ड र सीतासँगै छोरी–बुहारी पनि गृहजिल्ला चितवन पुगेका थिए, नयाँ पत्रिकामा खबर छ ११ बजे सुरु हुने भनिएको सभा तीन घन्टा अबेर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एमाले अध्यक्ष केपी ओली र प्रचण्ड पौने २ बजे सभास्थल पुगेका थिए । उपस्थित समर्थकलाई अभिवादन गर्दै ओली र प्रचण्ड सभामा प्रवेश गरेको ५ मिनेटपछि प्रचण्डपत्नी तथा प्रकाश दाहालकी आमा सीता मञ्चमा पुगिन् प्रचण्डसँगै बसेकी सीता भावुक थिइन् । उद्घोषक र वक्ताहरूले पनि पटकपटक प्रकाशको नाम लिएर सम्मान व्यक्त गरिरहेका थिए । प्रकाशको नाम पटकपटक दोहोरिएपछि सम्हालिन नसकेर सीता मञ्चमै डाको छोडेर रोइन् प्रचण्डले सीतालाई सम्हाल्न निकै प्रयत्न गरे, तर उनी आफै पनि असहाय देखिन्थे । प्रचण्डको जोड नलागेपछि पछिल्लो लाइनमा बसिरहेकी छोरी रेणु (जो भरतपुर महानगरकी मेयर पनि हुन्) अघि बढिन् । आमालाई सम्झाउन उनलाई पनि गाह्रो परिरहेको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,६,बुधबार ०१:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । खाद्य व्यवस्था व्यापार कम्पनीले हुम्लामा चामल बिक्री नै बन्द गरेको छ । चामल नभएको भन्दै जिल्लामा शाखासँगै गाउँमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

ताजा समाचार

दसैँको मुखमा चामल बिक्री बन्द
 २०७९,आश्विन,१३,बिहीवार १०:२३
महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१