कांग्रेस केन्द्रिय प्रचारप्रसार समितिमा जमरकट्टेल

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसले आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठन गरेको प्रचार प्रसार उपसमितिमा नेपाली जनसम्पर्कसमिति जापानका उपसभापति राजेन्द्र जमरकट्टेललाई थप गरेको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै गगन थापाको नेतृत्वमा रहेको प्रचार प्रसार उपसमितिमा जमरकट्टेलाई थप गरिएको जानकारी गराएका हुन् । जमरकट्टेल नेपाल जनसम्पर्कसमिति जापानद्वारा गठित निर्वाचन प्रचारप्रसार समितिका संयोजक समेत हुन् । मुख्यसचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो महत्वपूर्ण निर्वाचनमा नेपाली काँग्रेसको प्रचार प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउन पार्टीद्वारा केन्द्रीय सदस्य श्री गगनकुमार थापाको संयोजकत्वमा गठित केन्द्रीय प्रचार प्रसार समन्वय उपसमितिको सदस्य पदमा थप गरिएको निर्देशानुसार जानकारी गराउँदछु ।’  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?