चुनावको मुखमा विज्ञप्ति निकालेर के भन्यो गृह मन्त्रालयले ?

काठमाडौँ, ५ मंसिर – गृहमन्त्रालयले शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदान गर्न पाउने जनताको हकको प्रत्याभूति गर्न गृह प्रशासन प्रतिबद्ध र तम्तयार रहेको जनाएको छ गृह मन्त्रालका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले आज जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण र भयमुक्त वातावरणमा मतदानको कार्यमा राजनीतिक दलका नेता, उम्मेदवार, मतदाता, कर्मचारी, नागरिक समाज र सञ्चारकर्मीलगायत सबै पक्षबाट सदा झैँ स्थानीय प्रशासनलाई आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरीएको उल्लेख छ विज्ञप्तिमा भनिएको छ, “मुलुक निर्वाचनमय भइसकेको वर्तमान अवस्थामा छिटफुट रुपमा देखिएका निर्वाचन विरोधी गतिविधिलाई नियन्त्रण गर्दै राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चारजगत् र आम जनसमुदायलाई मजबुत सुरक्षाको प्रत्याभूति दिन गृह प्रशासन सजग र संवेदनशील रहेको व्यहोरा पुनः स्मरण गराइन्छ ।”मुलुकभरि निर्वाचनका राजनीतिक क्रियाकलाप साथै निर्वाचन व्यवस्थापनका सबै क्रियाकलापमा आवश्यकताबमोजिम सुरक्षा प्रदान गरिएको गृहले जनाएको छ प्रथम चरणको निर्वाचन सुरक्षा व्यवस्थापनको क्रममा निर्वाचनपूर्व सुरक्षाको अन्तिम चरणका सुरक्षा कारबाही सञ्चालन भइरहेको तथा मतदानस्थलमा व्यवस्था गरिएको तीन घेरा सुरक्षा व्यवस्था र आवश्यकताबमोजिमको अन्य सुरक्षा तैनाथीहरु भइसकेको विज्ञप्तिमा उल्लेख छ गृहले निरन्तर सूचना संकलन, विश्लेषण तथा आदानप्रदान र सोहीबमोजिमको पूर्वसावधानी तथा प्रतिरोधात्मक क्रियाकलाप समन्वयात्मक रुपमा कार्यान्वयन भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?