चितवनमा ओलीको भाषण : प्रचण्डलाई ३० हजार मतान्तरले विजयी गराउनु पर्छ

चितवन, ५ मंसिर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ३० हजार मतान्तरले विजयी गराउन आग्रह गरेका छन् संयुक्त वाम गठबन्धन चितवनले आज यहाँआयोजना गरेको श्रद्धाञ्जलिसभा एवं बृहत आमसभालाई सम्बोधन गर्दै उनले देशलाई समृद्धितर्फ लैजान वामपन्थीको दुई तिहाई बहुमतको सरकार आवश्यक रहेको समेत बताए वामपन्थीहरूको सरकार बन्ने दाबी गर्दै उनले भने , “वामपन्थीको सरकार बन्छ÷बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।” स्थिर सरकार नहुँदा देशमा विकासले गति लिन नसकेको भन्दै उनले अब स्थिर सरकार बन्ने र विकासले गति लिने दाबी गरे अब देश बनाउने र विकास गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने भन्दै उनले पार्टी एकता हुन्न कि भन्ने कुनै सन्देह नराख्न पनि आग्रह गरे कार्यक्रममा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई तिहाई बहुमत ल्याएर मुलुकलाई स्थायित्व दिनका लागि वाम गठबन्धनलाई मतदान गर्नुपर्ने बताए कार्यक्रममा माओवादी केन्द्रका नेता रामबहादुर थापाले वामपन्थीहरूको नेतृत्वमा नेपालमा समाजवादी युगको प्रवेश हुने र पूर्णरुपमा स्वाधिन बन्ने बताए माओवादी केन्द्रका नेता मात्रिका यादवले मधेशी र पहाडीबीचमा विभेद ल्याउन खोजिएको भन्दै यसविरुद्ध वाम गठबन्धन रहने बताए कार्यक्रमलाई पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, परिवार दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकाललगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?