काँग्रेसको प्रचार टोलीमाथि अर्को बम प्रहार

बागलुङ, ५ मंसिर – चुनावी प्रचारमा हिँडेको नेपाली काँग्रेसको टोलीलाई लक्षित गरी निसीखोला गाउँपालिका–३ याङ्म्याङ् भन्ने स्थानमा अज्ञात समूहले बम प्रहार गरेको छ । निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलसहितको टोली मंगलबार दिउँसो जंगलको बाटो हिँडिरहेको बेला बम प्रहार भएको हो नजिकैबाट फालिएको बम रूखमा ठोक्किएर बाटो तल पुगेर विस्फोट भएको जनाइएको छ । विस्फोटबाट कुनै मानवीय क्षति नभएको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए । सोही स्थानमा केही दिनअघि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेका थिए आज भएको बम विस्फोटमा संलग्नको पहिचान नभए पनि विप्लव समूहले नै गरेको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्नको खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ गएराति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङस्थित घरमा पनि बम विस्फोट गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?