१२ आश्विन २०७९, बुधबार

ढकाल र महतसँग एक/एक करोड धरौटी माग

२०७४,मङ्सिर,५,मंगलवार १५:२२

0
Shares

काठमाडौँ, ५ मंसिर – विशेष अदालतले कर फछ्र्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग रु एक÷एक करोड धरौटी माग गर्ने आदेश जारी गरेको छ न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वाग्चनको संयुक्त इजलासले आज महत र ढकाललाई रु एक÷एक करोड धरौटी माग गरेको र उनीहरु धरौटी बुझाउन नसकेर आजै डिल्लीबजार कारागार चलान भएको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए उनका अनुसार महत र ढकाललाई थुनछेक आदेशसहित रु एक÷एक करोडको धरौटीको माग गरिएको थियो । अदालतको आदेशअनुसार धरौटीको रकम बुझाउन नसकेर उनीहरु थुनामा गएका हुन् तत्कालीन कर फछ्र्योट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार महत र ढकाल गत बुधबार अदालतमा वयानका लागि हाजिर भएपछि आइतबारदेखि सुनुवाइ सुरु भएको थियो अख्तियारले तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनै पदाधिकारीविरुद्ध अनियमितता गरेको आरोपमा रु १० अर्बको विगो माग दाबीसहित विशेष अदालतमा गत जेठ १९ गते मुद्दा दायर गरेको थियो । शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो अख्तियारले कर फछ्र्योट आयोगमा अनियमितता गरेर कर मिनाहा गरी राज्यलाई करिब रु २१ अर्ब नोक्सानी पुगेको आरोपमा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । शर्मासँगै आयोगका दुई सदस्य महत र ढकाललाई पक्राउ गर्न खोजिए पनि फरार रहेका थिए ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १५:२२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् । मंगलवार भएको

खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडामा हिजो बेलुका ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागि हुने खेलाडीलगायत गरी ९ हजार जनाको

ताजा समाचार

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९
ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२