१५ आश्विन २०७९, शनिवार

अमेरिका जान नक्कली प्रमाणपत्र बनाउने गिरोहका ८ जना पक्राउ

२०७४,मङ्सिर,५,मंगलवार १४:२८

0
Shares

काठमाडौँ, ५ मंसिर – अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा सिन्धुलीको तीनपाटन–४ का रुद्रबहादुर मोक्तान, ताप्लेजुङको खेवाङ–२ का भुवानीप्रसाद भट्टराई, सत्यविनायक कम्युनिकेशनका सञ्चालक कालीकोटको तिलागुफा–६ का विशालजंग शाही, कालीकोटको तिलागुफा–५ का सुरेशबहादुर शाही, सुनसरी, धरान नगरपालिका–११ का अभय पोखरेल, स्क्युर्ड लाइफ कन्सल्टेन्सीमा काम गर्ने काठमाडौँ–४ चण्डोलका अनिल श्रेष्ठ, काभ्रेपलाञ्चोकको महाभारत–१ का देवराज तामाङ र काठमाडौँ मनमैंजु–२ का सन्तोषकुमार तिवारी रहेका छन् महानगरीय अपराध महाशाखाले काठमाडौँले आज आयोजना गरेको पत्रकारसम्मेलनमा पक्राउ परेकामध्ये मोक्तान र भट्टराईलाई डिभी परेको र अन्य छ जनाले नक्कली प्रमाणपत्र बनाउन भूमिका खेलेको जानकारी दिइयो । उनीहरुले नेपालस्थित दूतावासमा पेश गरेको प्रमाणपत्र शंकास्पद लागेपछि दूतावासले सो सम्बन्धी जानकारी प्रहरीलाई दिएको महाशाखाका प्रमुख लोहनीले बताए । दूतावासले दिएको सूचनाका आधारमा प्रहरीले छानबिन अघि बढाएको थियो मोक्तानले नक्कली प्रमाणपत्र बनाउन रु तीन लाख ५० हजार र भट्टराईले रु ९० हजार तिरेको पत्रकारसम्मेलनमा महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक दिवस लोहनीले जानकारी दिए । नगद रकम लिई सरकारी छाप दस्तखत कीर्ते गरी १० दुई जोड उत्तीर्णा गरेको प्रमाणपत्र, ‘माइग्रेसन’, ‘प्रोभिजनल’, ‘ट्रान्सकृप्ट’, राष्ट्रिय परीक्षा बोर्डको प्रमाणपत्र लगायतका कागजपत्र नक्कली बनाएको अनुसन्धानका क्रममा खुल्न आएको छ पक्राउ परेकालाई सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १४:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगी हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की

काठमाडौं । नेपाल प्रहरलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री प्रदान गरिएको छ

बर्दिया । आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारू पक्राउ

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले करारमा कार्यरत कर्मचारीको करार अवधि पुनः थप गरेको छ । गत ४ साउनमा

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९