विप्लवका तीन कार्यकर्ता पक्राउ

बनेपा, ५ मंसिर – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालाई आज काभ्रेपलाञ्चोकमा प्रहरीले पक्राउ गरेको छ उनीहरुलाई पार्टीका विभिन्न काममा संलग्न भएको अवस्थामा जिल्लाको चाँैरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल, भीमसेन गौतम र बनेपा–१ का रामकुमार तामाङलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । चुनावलाई लक्षित गरी प्रहरीले उनीहरुमाथि निगरानी बढाउँदै आएको थियो । तीनै जना जिल्लास्तरीय कार्यकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?