१२ आश्विन २०७९, बुधबार

नेपाल र भारतका सुुरक्षा प्रमुुखको बैठक सम्पन्न

२०७४,मङ्सिर,५,मंगलवार १४:१०

0
Shares

रौतहट, ५ मंसिर – अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर नेपाल र भारतका सिमावर्ती क्षेत्रका सुुरक्षा प्रमुखकोे बैठक भारतको सीतामढीमा सम्पन्न भएको छसो दुुईपक्षीय बैठकमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउन, आपराधिक गतिविधि नियन्त्रण गर्न र निर्वाचन हुनुअघि ७२ घण्टासम्म नेपाल भारत सीमा बन्द गर्न सहमति भएको हो रौतहट, सर्लाही र महोत्तरी जिल्लाका सुरक्षा प्रमुख र भारतीय सुरक्षा पदाधिकारीबीच सोमबार सम्पन्न दुुई पक्षीय बैठकमा निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गराउन उक्त सहमति भएको नेपाली सुुरक्षा अधिकारीले जनाएको छ शान्तिपूर्ण निर्वाचनका लागि सीमापारिबाट हुने आपराधिक गतिविधिलाई सूक्ष्म तरिकाले निगरानी गरेर त्यस्ता समूहलाई निरुत्साहित गर्न तथा सीमावर्ती भारतीय क्षेत्रमा उच्च सरक्षा सतर्कता अपनाएर सुरक्षा व्यवस्थालाई अत्यन्तै कडा पार्ने सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए बैठकमा नेपालबाट अवैधरुपमा भारततर्फ जाने मदिरालाई नियन्त्रण गर्न, मानव बेचबिखन र नक्कली नोटको कारोबारलाई निरुत्साहित गर्न भारतीय पक्षले अनुुरोध गरेको जनाएको छ । आपराधिक गतिविधि र लागुऔषध ओसार–पसारलाई नियन्त्रण गर्न दुबै देशका सुरक्षाकर्मीले समन्वय र सहकार्य गर्ने सहमति भएको प्रजिअ थापाले बताए कालाजार र मलेरिया सीतामढीमा उन्मूलन भए पनि सीमावर्ती क्षेत्रको तीनै जिल्लामा नोडल प्वाइन्ट बनाएर उक्त रोगका बिरामीमाथि विशेष निगरानी राख्न भारतीय पदाधिकारीहरुले बैठकमा आग्रह गरेका थिए । सीमावर्ति क्षेत्रमा भइरहेको अवैध कारोबारमाथि नियन्त्रण गर्न र भारतबाट आउने कालो भैँसी र नेपालबाट जाने सेतो गाईको तस्करीलाई पूर्ण रुपमा नियन्त्रण गर्न दुुबै पक्षबीच सहमति भएको पनि प्रजिअ थापाले बताए बैठकमा नेपालकातर्फबाट रौतहट, सर्लाही र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उपरीक्षक तथा राष्ट्रिय अनुसन्धान विभागका उपरीक्षकको सहभागिता थियो भने भारत सीतामढीका डिएम ब्रजकिशोर सदानन्द, प्रहरी उपरीक्षक हरिप्रसाद एस र एसएसबीका २० विं र ५१ वीं बटालियनका प्रमुखको सहभागिता रहेको जनाएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार १४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कास्की । पोखरा महानगरपालिका–२५ हेम्जास्थित जेके क्रसर उद्योगको ग १ क ५१५५ नम्बरको टिपर चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

भक्तपुर। आफ्नै घरमा काम गर्ने महिलामाथि बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले बुधवार एक जनालाई पक्राउ गरेको छ । बैतडी सिगास

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिकामा चट्याङ लागेर बुधवार विहान दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगन्ज गाउँपालिका–१ बस्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९