सुर्खेतमा समाजवादी फोरमका उम्मेवार दिपलाल काँग्रेसमा प्रवेश

सुर्खेत, ५ मंसिर । संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं. १ प्रदेश (ख) बाट उम्मेदवार रहेका दिपलाल दमाई (दिलिप) नेपाली काँग्रेसमा प्रवेश गरेका छन उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताएका छन दिपलालले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरेका छन राष्ट्रियता, स्वाभिमानी, जनताको गौरव र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सुर्खेतको क्षेत्र नं. १ तथा समग्र जिल्ला, प्रदेश हुँदै देशको विकास र सम्मृद्धिका लागि कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ काँग्रेसमा प्रवेश गरेलगत्तै दिलिपले लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति, प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने भएकाले त्यसका लािग लोकतान्त्रिक गठबन्धनको चुनाव चिन्ह रुखमा छाप लगाई उम्मेदवारहरुलाइ विजयी गराउन मतदातासंग आह्वान समेत गरेका छन प्रदेश सभा क्षेत्र (ख)मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका झकबहादुर डाँगी उम्मेदवार उठेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?