चीनमा चर्चित मानव अधिकारवादी वकिललाई जेल

एजेन्सी । चीनमा एकजना चर्चित मानव अधिकारवादी वकिललाई दुई वर्षको जेल सजाय सुनाइएको छ अधिकारवादीहरुमाथि बेइजिङको कारबाही अन्तर्गत यो पछिल्लो आदेश आएको हो जियाङ तियेनयुङलाई राज्यशक्तिको अवज्ञा र चिनियाँ राजनीतिक प्रणालीलाई बदनाम गरेको आरोप लगाइएको छ जियाङकी श्रीमतीले अदालतको उक्त आदेश अस्वीकार्य भएको समाचार संस्था रोयटर्सलाई बताइन् अदालतले ४६ वर्षीय जियाङलाई सामाजिक सञ्जालको प्रयोग गरी चिनियाँ सरकारको विरोध गरेको र अरु मानिसहरुलाई पनि सार्वजनिक रुपमा प्रदर्शनका लागि उक्साएको भन्दै दोषी ठहर गरेको छ उनकी श्रीमतीले आफ्ना पतिलाई उनी जस्तै अरु वकिलहरुलाई निरुत्साहित गर्ने अथवा दबाउने उदाहरणको रुपमा अघि सारिएको रोयटर्सलाई बताइन् अमेरिकाबाट कुरा गर्दै उनले भनिन्, “म यो आदेश मान्दिनँ अथवा स्वीकार गर्दिन ।’’चिनियाँ अधिकारीहरुद्वारा नियन्त्रणमा लिइएका अर्का वकिल सी याङका परिवारलाई सन् २०१६ को नोभेम्बरमा भेट्न गएदेखि जियाङसँग सम्पर्क हुन नसकेको उनकी श्रीमतीले बताइन् अधिकारवादी संस्था एम्नेष्टी इन्टरन्याशनलले जियाङविरुद्धको सुनुवाइलाई ‘देखावटी’ भनेको छ विरोधीहरुमाथि चिनियाँ सरकारले गर्ने कारबाहीको जियाङ प्रखर आलोचक हुन् । त्यस्ता कतिपय विरोधीको उनी वकिल पनि हुन् तीन सयभन्दा बढी वकिल, कानूनी सहायक र अधिकारवादीहरुलाई सोधपुछ गरिएको बताइएको छ र दुई दर्जनभन्दा बढीमाथि औपचारिक अनुसन्धान थालिएको छ जियाङले मानव अधिकारवादी तथा आफू जस्ता अधिकारकर्मीहरुका साथै फालून गूङ आध्यात्मिक अभियानका समर्थक तथा तिब्बती प्रदर्शनकारीको पक्षमा पनि वकालत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?