मदन मण्डारी स्पोर्ट्स एकेडेमीद्वारा यू–१९ क्रिकेट टोली सम्मानीत

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका चर्चित नेता एवं महासचिव मदन भन्डारीको सम्झनामा स्थापित मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा यू–१९ राष्ट्रिय क्रिकेट क्रिकेट टिमलाई सम्मान गरेको छ एकेडेमीले मंगलबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै गत हप्ता मलेसियामा सम्पन्न भएको एसिसि अन्डर १९ एसिया कपमा नेपाली क्रिकेट खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दै टेस्ट मान्यता पाएको भारत जस्तो टिमलाई पहिलो पल्ट १९ रनले हराउँदै नयाँ इतिहास कोरेको र मलेसियालाई उसकै घरमा पराजय गरेको उपल्क्षमा एकेडेमीले खेलाडीलाई नगत सहित सम्मान गरेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जनाएको छ नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलिको प्रमुख आतिथ्यतामा भएको सम्मान कार्यक्रममा ओलिद्वारा नै उक्त प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई जनही १०–१० हजार नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?