नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए प्रचण्ड

काठमाडौं, ५ मंसिर । पुत्र वियोगपछि निकै ठूलो पीडामा डुवेका प्रचण्ड परिवार विस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, वुहारी विना र प्रकाश पुत्र प्रणव पनि साथमै थिए १०ः४५ को यति एयरलाईनसबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउने सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरे प्रचण्ड भन्दा करिब १० मिनेट अघि नै विमानस्थल पुगेका नेपालले प्रचण्ड परिवारलाई केही सहज वातावरण पनि निर्माण गरिदिए प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश–विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास उनले निरन्तर गरिरहे । करिब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरे । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरे । चितवनमा आज वाम गठबन्धनको चुनावी सभा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?