सर्वोच्च अदालतमा बम राखिएको हल्ला निराधार, टेलिफोन गर्ने व्यक्तिको खोजी जारी

काठमाडौं, ५ मंसिर । सर्वोच्च अदालत परिसरमा बम राखिएको भन्ने हल्लामात्रै भएको पुष्टि भएको छ सर्वोच्चका सहरजिस्टार नारायण पन्थीलाई मंगलवार दिउँसो टेलिफोन गरी अज्ञात व्यक्तिले बम राखिएको बताएपछि सर्वोच्चका सम्पूर्ण काम प्रभावित भएका थिए टेलिफोन आएलगत्तै मंगलबारका लागि तोकिएका सम्पूर्ण इजलास स्थगित गरिएको थियो भने नेपाली सेनाको बम डिस्पोजल टोली टोली परिचालन गरिएको थियो त्यसलगत्तै पुगेको सेनाको टोलीले सर्वोच्च परिसरमा खानतलासी गर्दा केही पनि फेला नपरेपछि बम राखेको हल्ला निराधार रहेको पुष्टि भएको हो । बम नभएको पुष्टि भएपछि प्रहरीले बम राखिएको जानकारी दिने व्यक्तिको खोजी सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?