चीनले बनायो घातक मिसाइल, संसारको जुनसुकै कुना निशानामा

बेइजिङ, ५ मंसिर । चीनको सेनाले संसारको जुनसुकै स्थानमा प्रहार गर्न सक्ने लामो दुरीको अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल निर्माण गरेको छ आगामी वर्षसम्ममा चीनका हतियारमा सामेल गर्न सकिने जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनले निर्माण गरेको यो हतियारबारे सोमबारमात्रै जानकारी पाएको उल्लेख गरेका छन् यो नयाँ मिसाइल डोंगफेंग–४१, म्याक–१० भन्दा पनि शक्तिशाली रहेको बताइएको छ । यो शत्रुको मिसाइल चेतावनी र रक्षा प्रणालीमा पनि सिधा मार हान्न सक्षम छ सरकारी मिडिया ग्लोबल टाइम्सले सन् २०१२ मा यो मिसाइल निर्माणको घोषणा पनि अहिलेसम्म ८ पटक परीक्षण भइसकेको जनाएको छ । यो चिनियाँ जनमुक्ति सेनाको हतियारमा आगामी वर्षसम्ममा सामेल गरिनेछ चीनको आम्र्स कन्ट्रोल एण्ड डिपार्टमेन्ट एशोसिएसनका वरिष्ठ सल्लाहकार सु गुआंगुले यो मिसाइल सैनिक हतियारमा सामेल भएमा धेरै शक्तिशाली बन्ने बताएका छन् । यो मिसाइलले कम्तीमा पनि १२ हजार किलोमिटरसम्म मार हान्न सक्छ यसको अर्थ चीनको कुनै पनि भागबाट चीनले संसारका जुनसुकै स्थानमा पनि मिसाइल प्रहार गर्न सक्छ भने १० वटा परमाणु हतियार एक साथ लगेर निशाना हान्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?