१३ आश्विन २०७९, बिहीवार

मेगा बैंकले फेरी बोलायो विशेष साधारण सभा

२०७४,मङ्सिर,५,मंगलवार ०९:२९

0
Shares

काठमाडौं, ५ मंसिर । मेगा बैंक नेपालले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर हुने निर्णय बारे छलफल गर्न पुनः विशेष साधारण सभा बोलाउने भएको छ सोमबारको लागि बोलाईको विशेष साधारणसभामा आवश्यक कोरम नपुगेकाले अर्को साधारणसभा आह्वान गर्न लागिएको मेगा बैंकका सञ्चालक समितिका अध्या भोजबहादुर शाहले बताए अर्को साधारण सभा आह्वान गरी टुरिजमसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयरधनीले सञ्चालक समितिलाई अनुमति दिएका छन् । अर्को विशेष साधारण सभा छिट्टै बोलाइने बैंकले उल्लेख गरेको छ यसैबीच, दुई जना सेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश जारी गरेको छ साधारण सभा अघि बढाउन अब बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जानकारी गराएको छ टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका वाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुनेछ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०९:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल बैंक लिमिटेडले बडादसैँको अवसरमा सन्देशमुलक दसैँ भिडियो ‘मामाघर’ सार्वजनिक गरेको छ । दसैँमा बालबच्चाहरुको मामाघर प्रतिको मोह

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीहरुलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गते अर्थात भोलि बिहिबार पुन १९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १ सय ४३ औँ शाखा बागलुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१