मेगा बैंकले फेरी बोलायो विशेष साधारण सभा

काठमाडौं, ५ मंसिर । मेगा बैंक नेपालले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर हुने निर्णय बारे छलफल गर्न पुनः विशेष साधारण सभा बोलाउने भएको छ सोमबारको लागि बोलाईको विशेष साधारणसभामा आवश्यक कोरम नपुगेकाले अर्को साधारणसभा आह्वान गर्न लागिएको मेगा बैंकका सञ्चालक समितिका अध्या भोजबहादुर शाहले बताए अर्को साधारण सभा आह्वान गरी टुरिजमसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयरधनीले सञ्चालक समितिलाई अनुमति दिएका छन् । अर्को विशेष साधारण सभा छिट्टै बोलाइने बैंकले उल्लेख गरेको छ यसैबीच, दुई जना सेयरधनीले साधारण सभा रोक्नका लागि पाटन उच्च अदालतमा अन्तरिम आदेश माग गरी दिएको निवेदनमा अदालतले साधारण सभा रोक्न नपर्ने गरी सोमबारै आदेश जारी गरेको छ साधारण सभा अघि बढाउन अब बैंकलाई कानुनी रुपमा कुनै बाधा अड्चन नभएको बैंकले जानकारी गराएको छ टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरपछि मेगा बैंक चुक्ता पुँजीका आधारमा नेपालका वाणिज्य बैंकहरुमध्येकै एउटा ठूलो बैंक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?