सिटौलाले भने–राजा चाहिन्छ भन्नेलाई पत्तासाफ पार्छु

काठमाडौं, ५ मंसिर । नेपाली काँग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका आफ्ना प्रतिस्पर्धी राजेन्द्र लिंदेनलाई पत्तत्रासाफ पार्ने दाबी गरेका छन् नेता सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनजस्ता ‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकाहरुलाई यो निर्वाचनबाट आफूले समाप्त पार्न चाहेको स्पष्ट पारे मंगलबार झापा जानु अघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टयाउने खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान नगर्न पनि आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई अपिल गरे उनले सो क्रममा शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्न नहुनेमा पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?