तत्काल राजीनामा दिन मुगाबेलाई पूर्वउपराष्ट्रपतिको आग्रह

हरारे, ५ मंसिर । जिम्बाबेका पूर्वउपराष्ट्रपति इमर्सन मानगागावाले राष्ट्रपति रोबर्ट मुगाबेले तत्काल पदबाट राजीनामा दिनुपर्ने बताएका छन् उनलाई मुगाबेले दुई साताअघि पदबाट बर्खास्त गरेका थिए । राष्ट्रपतिबाट बर्खास्तगीमा परेका उनले आफू दुई सातअघि आफ्नो हत्या हुने डरका कारण सुरक्षाको ग्यारेन्टी नभएसम्म दक्षिण अफ्रिका गएको पनि दाबी गरेका छन् जिम्बाबेको सत्तारुढ जानु–पीएफ पार्टीले राष्ट्रपति मुगाबेलाई हटाउनका लागि मंगलबारदेखि सुरु हुने संसदको बैठकबाट महाअभियोगको प्रक्रिया अघि बढाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?