१२ आश्विन २०७९, बुधबार

विप्लव समूहका कार्यकर्तामाथि सार्वजनिक मुद्दा

२०७४,मङ्सिर,५,मंगलवार ०८:४६

9
Shares

कैलाली, ५ मंसिर – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला इञ्चार्जसहित पाँचजना कार्यकर्तामाथि जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अवरोध गरेपछि उनीहरुलाई केही दिनअघि कैलाली प्रहरीले पक्राउ गरेको थियो जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जिल्ला इञ्चार्ज रामबहादुर चौधरीसहित पाँच जनालाई सार्वजनिक मुद्दा चलाएको जानकारी दिए । उनले निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जुनसुकै समूहलाई समेत नियन्त्रणमा लिने बताए प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट मिनगिरी, तपेन्द्र रसाइली र कैलारी गाउँपालिकाको हसुलीया क्षेत्रबाट जिल्ला इञ्चार्ज रामबहादुर चौधरी र प्रकाश मल्ललाई पक्राउ गरेको थियो । त्यस्तै बझाङ जिल्ला कार्यसमितिका सदस्य देवराज कठायतलाई पनि पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलएको छ । अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४