एन्ड्रोइड स्मार्टफोनमा फुलस्क्रिन भिडियो हेर्न मिल्ने युट्युबको नयाँ फिचर

एजेन्सी । यु ट्युबले एन्ड्रोइड स्मार्टफोनका लागि नयाँ फिचर ल्याएको छ यु ट्युबले ‘पिन्च टू जूम’ नामक नयाँ फिचर ल्याएको हो । यो फिचरको सहयोगले स्मार्टफोनको पूरौ स्क्रिनभर भिडियो देखिने भएको छ भने किनारामा देखिने कालो धर्सो अब देखिने छैन यो नयाँ फिचरले १८ः९ क्रिनवाला स्मार्टफोनमा समेत काम गर्ने छ यसअघि यो फिचर केवल ‘पिक्सेल टू एक्सएल’ प्रयोगकर्ताका लागि उपलब्ध थियो । जुन १२.४ भर्सनसँगै प्रयोग गर्न सकिन्थ्यो । अब यो एन्ड्रोइडको १२.४४ भर्सनका प्रयोगकर्ताका लागि पनि उपलब्ध गराइएको छ पिन्च टू जूम फिचर विना सामसुङ ग्यालेक्सी एस एट, एलजी भी ३०, सामसुङ ग्यालेक्सी नोट एटका प्रयोगकर्ताले युट्युब भिडियो पूरा स्क्रिनभर हेर्न पाउँदैनथे । यो महिना आइओएसका लागि यु ट्युब अपडेट गरिएको थियो र यसमा आइफोन एक्सका लागि फूल स्क्रिन भ्युइंग सपोर्टको विकल्प दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?