१२ आश्विन २०७९, बुधबार

विभिन्न रोगबाट पाँचको मृत्यु

२०७४,मङ्सिर,५,मंगलवार ०८:२५

0
Shares

चितवन, ५ मंसिर – स्क्रब टाइफस, डेंगु र चिकनगुनियाका कारण कात्तिक महिनामा मात्रै जिल्लामा पाँच जनाको मृत्यु भएको छ यो सहित चालु आवको चार महिनामा जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका नौ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुई जना चितवनका छन् भने अरु सबै बाहिरी जिल्लाका रहेका छन् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजयकुमार झाका अनुसार मृत्यु हुनेमा एक बालक, चार बालिका र चार महिला रहेका छन् । कात्तिकमा मात्र ती रोगका कारण पाँच जनाको मृत्यु भएको छ । असोजमा एक जना, भदौमा दुई जना र साउनमा एक जनाको उपचारका क्रममा मृत्यु भएको हो मृत्यु हुनेमध्ये तीन जनाको स्क्रब टाइफस, दुई जनाको चिकनगुनिया, तीन जनाको स्क्रब टाइफस र चिकनगुनिया दुवै रोगको संक्रमण र एक जनाको स्क्रब टाइफस र डेंगु दुवै रोगको संक्रमण रहेको झाले जानकारी दिए जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कप्ट नियन्त्रक राम केसीका अनुसार साउनयता रगत परीक्षण गरिएका एक हजार ४८५ मध्ये ३५५ जनामा स्क्रब टाइफस देखिएको छ यसै अवधिमा ५१ जनालाई डेंगु रोग संक्रमण भेटिएको छ । केसीका अनुसार उपचारका लागि आएका बिरामीमध्ये ९८० जनाको डेंगु परीक्षण गरिएको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०८:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

बारा । बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको बीमा रकम नपाएपछि पीडित किसान आन्दोलनमा उत्रिएका छन् । मंगलवार उनीहरूले

ताजा समाचार

टिपर चोरी गरेको आरोपमा एक जना पक्राउ
 २०७९,आश्विन,१२,बुधबार १८:१४
चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९