‘रेस ३’को शुटिङ सेटमा पुगेका रणवीरले गरे सलमानको मसाज

एजेन्सी । अभिनेता रणवीर सिंहले ‘रेस ३’ फिल्मको शुटिङ सेन्टरमा पुगेर अर्को बलिउडका चर्चित अभिनेता सलमान खानलाई भेटेका छन् उनले सलमानलाई भेटेर काँधमा मसाज पनि गरे । ‘रेस ३’को सेटमा रणवीरले सलमान खानको अलवा निर्देशन रेमो डेसुजा र निर्माता रमेश तौरानीलाई पनि भेटे । रणवीरको उपस्थितीले त्यो दिनको सेट निकै रोमाञ्चक बनिदियो निर्माता रमेश तौरानीले तस्विरलाई ट्वीट गर्दै लेखेका छन, ‘रणवीर सिंह ‘रेस ३’को सेटमा आए । उनी आउँदा सेट सँधै रोमाञ्चक हुन्छ ।’ टिप्सको अफिसियल ट्वीटर पेजमा सलमानको काँधमा रणवीरले मसाज गरीरहेको अर्को तस्विर पनि सेयर गरिएको छ । साथै क्याप्शनमा लेखिएको छ, ‘एउटा कलाकारले नै अर्को कलाकारको स्ट्रेस सम्झन सक्छ ।’फिल्म ‘रेस ३’ मा सलमान खान, ज्याकलिन फर्नाण्डेज, बबी देओल, डेजी शाह लगाएत मुख्य भुमिकामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?