चौधरी ग्रुपले अघिल्लो वर्षको तुलनामा १०.७४ प्रतिशतले बढी राजस्व बुझायो

काठमाडौं, ५ मंसिर । चौधरी ग्रुपले आर्थिक वर्ष २०७२–०७३को राजस्वमार्फत सरकारलाई कुल ५५९.७९ करोड कर तिरेको छ सरकारले उक्त आर्थिक वर्षमा संकलन गरेको कुल राजस्वको १.४८ प्रतिशत हुन आउँछ । त्यस्तै ग्रुपले आर्थिक वर्ष २०७३–०७४ मा ७८८ करोड राजस्व बुझाएको थियो जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत बढी हो । सरकारी आँकडा अनुसार, उक्त आर्थिक वर्षमा संकलित कुल राजस्वको १.५९ प्रतिशत हो । चौधरी ग्रुपले अघिल्लो वर्षको तुलनामा १०.७४ प्रतिशतले बढी राजस्व तिरेको बताए चौधरी ग्रुपका शेरधनीहरुले लाभाशं लिनु अघि कम्पनीले ऐन अनुसार राजस्व तिर्ने गरेको बताइएको छ । ग्रुपले राजस्वमार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?