काका–भजितलाई बम प्रहार भएपछि नुवाकोटका सिडिओ र एसपीको सरुवा

काठमाडौँ, ५ मंसिर – नुवाकोटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिएको छ शुक्रबार नुवाकोटको ककनीस्थित चिया बगानमा भएको बम काण्डको विषयलाई लिएर गृहमन्त्रालयले नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बराल र प्रहरी प्रमुख एसपी वीरेन्द्र कुमार बस्यालको सरुवा गरेको हो स्रोतका ठाउँमा नयाँ सिडिओको रुपमा गृह मन्त्रालयले वीरेन्द्र कुमार यादवलाई पठाउने भएको छयस्तै नयाँ प्रहरी प्रमुखको रुपमा एसपी बसन्तु कुँवरलाई पठाइएको छ शुक्रबार ककनीमा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामशरण महत र प्रदेशसभातर्फका उम्मेदवार रमेश महतलाई लक्षित गरेर थापिएको एम्बुसमा परेर ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए सोहि घटनालाई देखाउँदै जिल्लामा प्रभावकारी शान्तिसुरक्षा दिन नसकेको बहानामा सिडिओ र एसपीको सरुवा गरिएको हो यसैबीच भोजपुर, सोलुखुम्बु, रसुवामा पनि सिडिओ सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?