पूर्वाधार विकासमा जोड दिन्छु: मन्त्री केसी

काठमाडौँ, ५ मंसिर – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कलंकी–नागढुंगा सडक छिटो निर्माण सम्पन्न गर्न कालोपत्र गर्ने कार्य शुरु भइसकेको बताएका छन आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र १० का प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका मन्त्री केसीले कीर्तिपुर सतुंगलमा आज आयोजित घरदैलो कार्यक्रममा सो जानकारी दिएका हुन कार्यक्रममा मन्त्री केसीले क्षेत्र नम्बर १० को शिक्षा, स्वास्थ्य, खानेपानी, सडकजस्ता पूर्वाधार विकासमा उल्लेखनीय योगदान गरेको र आगामी दिनमा पनि गर्दै जाने प्रतिबद्धता व्यक्त गरे सो क्षेत्रका मतदाताले कलंकी–नागढुंगा सडक निर्माण कार्य छिटो पूरा गर्न, सडक विस्तारका क्रममा परेका घर तथा जग्गाको उचित मुआब्जा दिन मागसमेत गरेका थए काँग्रेस नेतासमेत रहेका केसी विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अत्याधिक मतले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?