छोराको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा प्रचण्ड

चितवन, ५ मंसिर । छोरा प्रकाश दाहालको निधनपछि पहिलो औपचारिक कार्यक्रममा सहभागी हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् चितवन ३ मा गर्न लागिएको श्रद्धान्जलि सभामा सहभागी हुनका लागि प्रचण्ड चितवन पुगेका हुन् । यसअघि आजैका दिन चुनावी सभा गर्ने तय भएपनि प्रकाश दाहालको निधनपछि श्रद्धान्जलि सभा र चुनावी सभा गरी संयुक्त रुपमा मनाउन लागिएको हो अध्यक्ष प्रचण्डका एकमात्र छोरा तथा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका प्रकाश दाहालको संझनामा माओवादी केन्द्रले आज देशभर श्रद्धाञ्जली सभा गर्दै छ माओवादी केन्द्रले चुनावी अभियान र श्रद्धाञ्जली सभालाई संयुक्त रुपमा गर्ने निर्णय गरेको थियो । सोही अनुसार आज भरतपुर स्थित साझा बसपार्कमा अध्यक्ष प्रचण्डकै उपश्थितिमा श्रद्धाञ्जली सभा र चुनावी सभा संयुक्त रुपमा गर्ने तयारी गरेको हो सो कार्यक्रममा सहभागी हुनका लागि प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल चितवन पुगेका हुन् । चुनावी तथा श्रद्धाञ्जली सभालाई एमाले अध्यक्ष केपी ओली नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका महासचिव रामबहादुर थापा बादल, मातृका यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?