छायाङ्कन स्थल बाटै केकीले घोषणा गरिन ‘कोहलपुर एक्सप्रेस’को मिति

काठमाडौं, ५ मंसिर । अभिनेत्री केकी अधिकारी निर्मित एवं अभिनित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा भएको छ । चलचित्रको छायांकन हुँदै गर्दा अभिनेत्री अधिकारीले रिलिज मिति घोषणा गरेकी हुन् । अहिले यो चलचित्र बाँकेको कोहलपुरमा शुटिङ भइरहेको छ । अभिनेत्री केकीले आउँदो वर्षको वैशाख १४ गते फिल्म रिलिज हुने उल्लेख गरेकी छन् । यो फिल्म छायांकनको २२ औं दिनमा शुटिङ भइरहेको छ । विशाल भण्डारीलाई लिएर केकीले निर्माण गरिरहेकी यो चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?