अल्पमतको सरकारभन्दा ताजा जनादेशको विकल्प रोज्छु : मर्केल

बर्लिन, ५ मंसिर । जर्मन चान्सलर एज्जेला मर्केलले गठबन्धन सरकार निर्माणको प्रयास असफल भएपछि ताजा जनादेशमा जाने बताएकी छन् गठबन्धन निर्माणका लागि एक महिनाभन्दा लामो समय प्रयास गरेपनि असफल भएपछि उनले उनले ताजा जनादेशको विपक्ष्ल रोज्ने बताएकी हुन् । जर्मनमा गत सेप्टेम्बरमा भएको निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि गठबन्धन सरकार निर्माणको प्रयास गरिएको थियो चान्सलर मर्केलले वार्ताहरु विफल भए पनि आफूले पदबाट राजीनामा नदिने समेत स्पष्ट पारेकी छन् । जर्मनको उदारवादी दल एफडीपी मर्केलको अनुदारवादी सीडीयु/सीएसयु गठबन्धन र द ग्रीन्ससँगको वार्तामा कुनै विश्वास नभएको भन्दै बाहिरिएको थियो वार्ता विफल भएपछि मर्केलले सोमबार राष्ट्रपति फ्रांक वाल्टर स्टिनमायरसँग भेटवार्ता गरेकी थिइन् । राष्ट्रपतिले राजनीतिक पार्टीहरुलाई ‘आफ्ना अडानबारे पुनर्विचार गर्न’ आग्रह गर्दै अभूतपूर्व अवस्थाका माझ जर्मनीको ‘हितका लागि’ सम्झौता गर्न दलहरुलाई आग्रह गरे चान्सलर मर्केलले भनिन्, ‘नयाँ चुनाव एउटा विकल्प हो, अल्पसंख्यकको सरकार पनि एउटा विकल्प हो तर एउटा स्थिर मुलुक जसले थुप्रै चुनौतीको सामना गर्नुपर्नेछ त्यसले अल्पसंख्यकको सरकार बनाउने विकल्पबारे निकै सावधानीपूर्वक सोच्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?