१२ आश्विन २०७९, बुधबार

निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा

२०७४,मङ्सिर,५,मंगलवार ०६:४७

9
Shares

लमजुङ, ५ मंसिर । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका मतपेटिकाको सुरक्षा सिसिटिभीको निगरानीमा गरिने भएको छ निर्वाचनको परिणाम घोषणा नहुँदासम्म सुरक्षा व्यवस्था सिसिटिभीको निगरानीमा गरिने सम्बन्धीत अधिकारीहरुले बताए । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचन पछिनै गरिने बताइएको छ सो अवधिमा मतपेटिकाको सुरक्षा र मतगणनाको समयमा सिसिटिभीको प्रयोग गरिने क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिए लमजुङमा राजनीतिक दल तथा सञ्चारकर्मीसँग छलफल गर्दै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले शान्त, मर्यादित र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका महत्वपूर्ण हुने बताए निर्वाचन आयुक्त पौडेलले मतदातालाई धम्काएर, तर्साएरभन्दा पनि मन जितेर मत माग्न दलहरुलाई आग्रह गर्नुभयो । जिल्लाको निर्वाचन अवस्था र सुरक्षाबारे जानकारी लिन आयुक्त र क्षेत्रीय प्रशासकसँगै नेपाली सेनाका पृतनापति देवेन्द्रबहादुर मेधासी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक कमलसिंह बम लगायतको टोली लमजुङ आएको थियो सुरक्षा अधिकारीहरुले राजनीतिक दललाई रातिको समयमा कार्यक्रम नगर्न सुझाव दिएको छ । साथै सुरक्षामा शंका लागेमा प्रशासनलाई जानकारी दिनसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९
ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२