‘तरकारीवाली’सँग भोट माग्ने को हुन् यिनी ?

काठमाडौँ, ५ मंसिर –  मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी पसलेहरु कालीमाटीबाट भर्खर ल्याएको ताजा तरकारीका बोराहरु खोल्दै थिए । विहानीमा मात्र खुल्ने फुटपाथ पसलका पोकाहरु पनि भर्खर खुल्दै थिए । त्यसैबेला सूर्य र हसियाँ हतौडा अंकित झण्डा बोकेकाहरु जोसिला नारा लगाउँदै बृद्ध–बृद्धा, युवाले करिब दुई घण्टा ती सडक र गल्लीहरु छिचोल्दै रहे त्यही भीडमा थिए, काठमाडौँ क्षेत्र नम्बर–७ का प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धनर, प्रदेशसभा तर्फ ‘क’ का उम्मेदवार वसन्त मानन्धर, समानुपातिक तर्फका उम्मेदवार अमररत्न बर्जाचार्य र मिना ज्ञवाली नेपाल पनि ०७० सालको संविधानसभा निर्वाचनमा संविधान जारी गर्ने वाचासहित यही क्षेत्रका जनताको मतबाट विजयी भएका रामवीर मानन्धर त्यो भीडमा सबैको केन्द्रविन्दुमा थिए क्षेत्रपाटीबाट सुरु भएको जुलुस ठमेलहुँदै ज्याँठा, अशन, इन्द्रचोक, बाङ्गेमुढा, नरदेवी, भुरुङखेल, धोवीचौरहुँदै फेरि क्षेत्रपार्टी चोकमै पुग्दा मानन्धरससहितको टोलीलाई स्थानीयले स्वागत गरेका थिए धेरैले त उनलाई नेवारी भाषा र लवजमै जितको शुभकामना दिन भ्याए । कतिपय ठाउँमा त रामवीर र वसन्तलाई बृद्धबृद्धाले टिका लगाएर जितको शुभकामना समेत दिन भ्याए । क्षेत्र पाटी चोकमै रहेको तरकारी पसलमा भोट माग्दै पुगेका मानन्धरलाई ‘तरकारीवाली’हरुले पनि जीतको शुभकामना दिन भ्याए । ‘चुनाव जितेपछि धेरै फर्किएर पनि आउँदैनन्,’ विगत २० वर्षदेखि त्यही चोकमा तरकारी बेच्दै आएकी ५५ वर्षीया महिलाले भनिन्,’ ‘उहाँ मलाई जनताको छोरा जस्तै लाग्छ । उहाँलाई जितको शुभकामना ।’तरकारीवाली महिला मात्र होइन क्षेत्र नम्बर–७ कै मतदाता स्टालिन श्रेष्ठले पनि रामवीरलाई जितको शुभकामना दिन भ्याए । सर्लाहीबाट आएर यही क्षेत्रमा लामो समयदेखि फलफुल बेच्दै आएका श्यामबाबु चौधरीले पनि रामवीर मानन्धरलाई जितको शुभकामना दिए सो क्रममा मानन्धरसँग सेल्फी खिचाउनेहरु पनि देखिन्थे यसैबीच कांग्रेसलगायतका दलले पनि घरदैलो कार्यक्रमलाई तीब्र पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?