सन्नी लियोनीको खुलासाः मलाई इन बक्स म्यासेजमा दिनहुँ ज्यान मार्ने धम्की आउँछ

एजेन्सी । ‘पद्मावती’को विषयलाई लिएर राजपुत करणी सेनाले निर्देशक संजय लिला भंसालीको टाउको काट्ने र अभिनेत्री दीपिका पादुकोणको नाक काट्नेसम्मको धम्की दिएका छन् । धम्कीपछि यो मुद्दामा अभिनेत्री सन्नी लियोनीले पनि निर्माण युनिट र कलाकारको समर्थन गरेकी छिन् सन्नीले आफूलाई पनि दिनहुँ ज्यान मार्नेे धम्की आउने गरेको बताएकी छिन् ‘दीपिका र भंसालीलाई दिइने गरिएको धक्कीको विषयलाई तपाईले कसरी लिनु भएको छ ?,’ हालै सन्नीलाई प्रश्न राखिएको थियो जवाफमा उनले आफूलाई समेत दैनिक ज्यान मार्ने धक्की आउने गरेको बताएकी छन् । ‘मैले आफ्नो फेसबुकको इन बक्समा केही दिनयताको म्यासेज तपाइलाई देखाए भने हैरान हुनु हुनेछ,’ उनले भनिन्, ‘हरेक दिन मलाई ज्यान मार्ने धम्की आउँने गरेको छ ।’विगत ६ वर्षेदेखि आफूलाई विभिन्न धम्की आउने गरेको सन्नीलेको यस्ता धम्कीले आफूलाई केही फरक नपर्ने समेत बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?