१३ आश्विन २०७९, बिहीवार

प्रकाश दाहालको निधनमा ओलकोि प्रचण्डलाई भावुक पत्र

२०७४,मङ्सिर,५,मंगलवार ०६:०९

9
Shares

काठमाडौँ, ५ मंसिर । प्रकाश दाहालको निधनमा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक समवेदना पत्र लेखेका छन् । पत्र निकै भावुक रहेकाे छपत्र पढ्नुहाेस्प्रिय कमरेड,हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्काेतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महसुस गरेको छु द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु केपी शर्मा ओलीअध्यक्षनेकपा एमाले

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०६:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले १ सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । बुधवार साँखुमा गरिएको नवनिर्वाचित जनप्रतिनिधिहरुको १०० दिने

काठमाडाैं । सर्वोच्च अदालत बडा दसैं २०७९ को बिदाको समयमा पनि बिहान ११ देखि अपराह्न ३ बजे खुला रहने भएकाे

काठमाडौं । ग्लोवल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ । बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच

जनकपुरधाम । धनुषामा फलामको रड प्रहारबाट चार वर्षीय बालकको ज्यान गएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे

ताजा समाचार

महिलाको तलब बढ्यो
 २०७९,आश्विन,१२,बुधबार २१:५१