विश्व टेलिभिजन दिवसः नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, ५ मंसिर । आज मंसिर ५ गते अर्थात् विश्व टेलिभिजन दिवस विश्व जगतमा रेडियोको माध्यमबाट सूचना प्रवाह भइरहेको समयमा फरक रुपमा प्रस्तुत हुँदै श्रव्य र दृश्यको माध्यमबाट स्थापित भएको प्रविधि, टेलिभिजनलाई १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक वर्ष २१ नोभेम्बरका दिन विश्व टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो सन् १९३० को दशकमा प्रसारण शुरु भएको टेलिभिजन प्रविधिलाई अहिले सबैभन्दा सशक्त सञ्चारमाध्यमको रुपमा लिइन्छ श्रव्य सँगसँगै दृश्यको माध्यमबाट यथार्थ रुपमा प्रस्तुत गर्न टेलिभिजन सफल भएसँगै छोटो समयमा ख्याती कमाउन सफल भएको मानिन्छ । टेलिभिजनको इतिहासमा सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण गरेको पाइन्छ त्यस्तै, सन् १९७० को दशकमा विश्वका ६० वटा मुलुकमा टेलिभिजनको प्रत्यक्ष सेवा विस्तार भयो । नेपालमा भने सन् १९७० ताका टेलिभिजनका सेटहरु भित्रिएको पाइन्छ । विश्व जगतमा भन्दा निकै ढिलो गरि नेपालमा टेलिभिजको सुरु भएको थियो नेपालमा वि.सं २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन स्थापना भएको हो । नेपालमा अहिले एकदर्जन बढी टेलिभिजन च्यानलहरुले नियमित रुपमा प्रसारण गर्दै आइरहेका छन् । घटना भएको स्थानलाई प्रत्यक्ष रुपमा आम दर्शकहरुलाई देखाउन र हरेक विषय वस्तुमा दृश्यसहित सूचना प्रवाह गर्न टेलिभिजन सफल भएको छ सिसाभित्रको दुनियाँ भनेर समेत चिनिने टेलिभिजन प्रविधिको विकाससँगै अहिले मोबाइलमार्फत् पनि हेर्न सकिन्छ । प्रविधिले नयाँ–नयाँ अनुसन्धान र विकासगरेसँगै यसले हातमा नै टेलिभिजन हेर्न सकिने गरि विकास गरिदिएको छ हाल नेपालमा ४० वटा टेलिभिजन सञ्चालनमा रहेका छन् । सूचना, मनोरञ्जनको भरपर्दो माध्यम टेलिभिजनको दिवसको अवसरमा नेपाल ब्रोडकास्टिङ च्यानलका अध्यक्ष अनिल जोशीले आमदर्शक, शुभेच्छुक, विज्ञापन दाता र केवल प्रदायक संघहरुलाई धन्यवाद दिँदै टेलिभिजनको माध्यमबाट धेरै भन्दा धेरै दर्शकहरुलाई थप सूचना प्रवाह गरिने विश्वास समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?