१२ आश्विन २०७९, बुधबार

शेखरलाई राप्रपाको सहयोग, लालबाबुलाई धक्का

२०७४,मङ्सिर,५,मंगलवार ०५:३६

0
Shares

काठमाडौं, ५ मंसिर –राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ(थापा) समूहले क्षेत्र न ६ का कांग्रेसका उम्मेदवार डा शेखर कोइरालालाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना सम्पूर्ण मतदातालाई सहयोग गर्न अपिल गरेको छ जिल्ला कार्य समितिको वैठकले डा कोइरालालाई सर्वसम्मत सहयोग गर्ने निर्णय गरेको अध्यक्ष माधवराज आचार्यले बताए राप्रपा मोरङको यो निर्णय पछि कार्यकर्ता विच देखिएको अन्यौल समाप्त भएको छ । केन्द्रीय गठबन्धन अनुसारनै मोरङ ६ मा कांग्रेसका उम्मेदवार डा कोइरालालाई समर्थन गर्ने निर्णय गराएका हौ अध्यक्ष आचार्यले बताए आचार्यले भने , राप्रपाको निर्णयले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा कोइराला थप मजवुत पारेको छ । मोरङको कुनै पनि क्षेत्रमा उम्मेदवारी दर्ता नगराएको राप्रपाका कार्यकर्ताहरु कुन उम्मेदवारलाई सहयोग गर्ने वारेमा अन्यौल थिए । जिल्ला समितिको यो निर्णय सार्वजनिक पछि कांग्रेसका उम्मेदवार डा कोइरालालाई सहयोग गर्ने बाटो खुल्ला भएको जिल्ला सदस्य हरि दाहालले बताए । स्थानीय चुनावमा राप्रपाले मोरङ ६ वाट २ हजार ७ सय ८ मत प्राप्त गरेको थियो मोरङ ६ को विराटनगर नगरक्षेत्रको वडाहरुमा राप्रपाको प्रभाव छ । मोरङ ६ मा राप्रपालाई गिरेको कुल मत मध्ये विराटनगरको ४,५,६,७,९,११ र १२ वाट १ हजार ८ सय प्राप्त गरेको थियो । राप्रपा जिल्ला समिति वैठकले मोरङ ६ (ख) प्रदेश सभाबाट उम्मेदवार बनेका भोलामान सिंह कार्कीको उम्मेदवारी समेत फिर्ता गर्ने निर्णय गरेको छ । कार्कीको उम्मेदवारी फिर्तापछि प्रदेश सभामा कांग्रेसका उम्मेदवार केदार कार्कीलाई समर्थन गर्ने निर्णय गरेको अध्यक्ष आचार्यले बताए । यस क्षेत्रमा वामगठन्धनका उम्मेदवार लालवावु पण्डित भन्दा १ हजार ६ सय मतको अग्रता डा कोइरालाको छ राप्रपाको यो निर्णय पछि मोरङ ६ मा राप्रपाले प्राप्त गरेको २ हजार ७ सय ८ मत थपिदा ४ हजार ३ सयको अग्रता देखिन्छ । यसै विच राप्रपा मोरङले ६ वटै प्रतिनिधि सभा र प्रदेश सभाको लागी कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । स्थानीय चुनावमा राप्रपाले मोरङ जिल्लाभरि १२ हजार बढी मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ

काठमाडौं । सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन आदेश २०७६ खारेज गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संस्कृतिलाई समयानुकुल परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुरानै नेता र दललाई मतदान गरे अब देश नबन्नुमा जनतामा पनि दोषी पनि हुने

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९
ख्वप फुटसल टुर्नामेन्ट सुरू
 २०७९,आश्विन,१२,बुधबार १६:४२