कांग्रेसको लहर देखेर कम्युनिष्टहरु भौतिक आक्रमणमा : राज्यमन्त्री गुरुङ

तेह्रथुम, ५ मंसिर । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङले नेपाली कांग्रेसमा जनलहर देखेर प्रतिपक्षीले भौतिक आक्रमण सुरु गरेको आरोप लगाएका छन तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी नेतृ गुरुङले सोमबार लालीगुराँस नगरपालिकाको टुटेमा आयोजित टोलस्तरीय चुनावी सभामा बोल्दै कांग्रेसको जनलहरलाई प्रभावित पार्न प्रतिपक्षीले आक्रमणको प्रयास गरेको बताएकी छिन कांग्रेसले चुनावी कार्यक्रमका लागि तयार गरेको कार्यक्रमस्थल लालीगुराँस नगरपालिका–१ स्थित टुटेबजार नजिकै सोमबार विहान शंकास्पद विष्फोटक पदार्थ सहितको व्याग, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको थियो । सो शंकास्पद बस्तुहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ कांग्रेस नेतृ गुरुङले कांग्रेसको राम्रो पकड सो क्षेत्रमा त्रास फैलाउनका लागि बाम–गठबन्धनले शंकास्पद बस्तुहरु राखेर तर्साउन प्रयास गरेको बताइन । उनले आम जिल्लाबासी मतदातालाई कसैको दबाब र प्रभावमा नपरी लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि एकजुट हुन आव्हान समेत गरेकी छिन कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले बामपन्थीहरुले कांग्रेसको लोकतान्त्रिक समाजवादमाथि वर्षौदेखि आँखा लगाउदै आएको तर कांग्रेस सधै जनताको पक्षमा भएकाले अहिलेसम्म सकुशल भएको बताए । कांग्रेसको जनलहर देखेर तेह्रथुममा बामपन्थीहरु आत्तिएको र आक्रमणको सुरुवात गरेको उनको भनाइ थियो कांग्रेसले लालीगुराँस नगरपालिकाको टुटे र काँडेमा सोमबार छुट्टा–छुट्टै चुनावी सभा गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सन्तोष सुब्बा, लालीगुराँस नगरपालिकाका मेयर अर्जुनबाबु माबोहाङ लगायत कांग्रेस नेताहरुले कांग्रेसको नीति सिद्धान्त र घोषणा पत्र तथा मुलुकको आर्थिक समृद्धिको बाटोका सम्बन्धमा धारणा राखेका छन् यस्तै नेपाली कांग्रेसले तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिवुमा पनि सोमबार चुनावी सभा सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य तथा पुर्वसांसद तुलसी सुब्बा, पुर्वजिल्ला सभापति रामनारायण ढुंगाना, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे, क्षेत्रीय प्रचार प्रसार समितिका संयोजक केशव भेटुवाल लगायत जिल्ला कार्यसमितिका नेताहरुले सम्बोधन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?