आइसिसी महिला विश्व टी–२०ः नेपालले थाइल्याण्डसँगे अंक बाँडे

काठमाडौँ, ५ मंसिर । आइसिसी महिला विश्व टी–२० एसिया छनोट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा नेपाल र थाइल्याण्डले अंक बाँडेका छन् थाइल्याण्डको टेडथाई क्रिकेट मैदानमा भएको खेल वर्षाले अवरुद्ध भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका हुन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले नेपाल सामु ९१ रनको लक्ष्य दिएको दियो जवाफी ब्याटिङमा उत्रेको नेपालले ३ दशमलव ४ ओभरमा विना विकेटको क्षतिमा १० रन जोड्दा खेल वर्षाले अवरुद्ध हुन पुग्यो । त्यसपछि खेल शुरु हुन नसकेपछि दुवै टोली अंक बाँड्न बाध्य बनेका हुन् । नेपाली ब्याट्सवुमन ज्योति पाण्डेले ४ र सरिता मगरले ५ रन जोडेका थिए त्यसअघि पहिले व्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन बनायो । उसका लागि नारुमोल चाइवाइले नटआउट २३ रन जोडिन् त्यसैगरी सुरुआती ब्याट्सवुमन नाटाकम चन्तमले १८ तथा स्वर्णा्रिन टिपोचले १५ रन जोडिन् । यता बलिङतर्फ नेपालकी सरिता मगरले २ विकेट लिइन् भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले समान एक–एक विकेट लिए सोमबार भएको अन्य खेलमा हङ्कङले मलेसियालाई ३५ रनले पराजित गरेको छ भने संयुक्त अरब इमिरेट्स (युएइ)ले चीनलाई १६ रनले हरायो । उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने दुई टोलीले नेदरल्याण्ड्समा आयोजना हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छनोट हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?