सुरक्षा रणनीति तय गर्न चारवटै सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, ५मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले यहि मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सुरक्षा चुनौतीलाई सम्बोधन गर्नेगरी तत्काल सुरक्षा रणनीति तय गर्न चार वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् चारवटै सुरक्षा निकायका प्रमुखसँग सामूहित रुपमा छलफल गरी निर्वाचनको सुरक्षा चुनौती सम्बोधन हुनेगरी तत्काल सुरक्षा राणनीति तय गनै प्रधानमन्त्रीले देउवाले निर्देशन दिएका हुन् । भेटका अवसरमा सुरक्षा निकायका प्रमुखहरुले निर्वाचनको सुरक्षा योजनाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए निर्वाचन नजिकिए सँगै बढ्दो सुरक्षा चुनौतीलाई सम्बोधन गर्ने रणनीति तत्काल तय गर्न प्रधानमन्त्री सुरक्षा निकाय प्रमुखलाई निर्देशन दिएको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए भेटमा प्रधानमन्त्री देउवाले संविधान र कानुको परिधिभित्र रहेर निर्वाचको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन पनि सुरक्षा निकाय प्रमुखलाई सचेत गराए सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सबेको बैठकमा मुख्य सचिव लोकदर्शन रेग्मी, गृह सचिव मोहनकृष्ण सापकोटा, नेपाली सेनाका बलाध्यक्ष रथी बलदेवराज महत, नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्यात, सशष्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी उपस्थित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?