१५ आश्विन २०७९, शनिवार

उत्तर कोरिया ‘आतंकवाद प्रायोजन गर्ने राज्य’को सूचीमा पुन समावेश

२०७४,मङ्सिर,५,मंगलवार ०४:०६

0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई ‘आतंकवादको प्रयोजन गर्ने राज्य’को रुपमा फेरि घोषणा गरेका छन् ट्रम्पले उत्तर कोरियालाई आतंकवादको प्रयोजन गर्ने राज्यको सूचीमा फेरि समावेश गर्न लागिएको घोषणा गरेका छन् । अमेरिकाले नौ वर्षअघि उत्तर कोरियालाई उक्त सूचीबाट हटाएको थियो मन्त्रिपरिषद्को बैठकमा ट्रम्पले भने, उक्त कदमले ‘निकै ठूलो’ अतिरिक्त प्रतिबन्धहरुतर्फ र्डोयाउने छ जसको घोषणा मंगलवार गरिनेछ । तर त्यसपछि विदेशमन्त्री रेक्स टिलर्सनले ‘त्यसको व्यवहारिक असरहरु सीमित हुने’ स्वीकार गरे ह्वाइट हाउसमा उक्त घोषणा गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो धेरै समय पहिल्यै भइसक्नुपर्थ्यो ।’’गत सेप्टेम्बरमा अमेरिकाले उत्तर कोरियाविरुद्ध तेलमा प्रतिबन्ध र नेता किम जङ अनका सम्पत्ति रोक्का गर्ने सहितका प्रतिबन्धहरु लगाउन संयुक्त राष्ट्रसंघमा प्रस्ताव गरेको थियो । उत्तर कोरियाले छैटौँ पारमाणविक परीक्षण र पटक–पटक जारी राखेको क्षेप्यास्त्रहरुको परीक्षणका कारण उक्त कदम चालिएको ट्रम्पले बताए ‘आतंकवादको प्रयोजन गर्ने राज्य’ को सूचीमा अब इरान, सुडान र सिरियासँगै उत्तर कोरिया पनि थपिएको छ । अमेरिकी सरकारले जनाए अनुसार, ती देशहरुले अन्तर्राष्ट्रिय आतंकवादका क्रियाकलापका लागि लगातार सहयोग गर्दै आएको मानिन्छ । यसअघि पनि उत्तर कोरिया ‘आतंकवादको प्रायोजन गर्ने देश’ को सूचीमा थियो तर उसको पारमाणविक कार्यक्रमसम्बन्धी वार्ताको एउटा हिस्साको रुपमा सन् २००८ मा तत्कालीन जर्ज डब्ल्यु बुश प्रशासनले उक्त सूचीबाट उत्तर कोरियालाई हटाएको थियो उत्तर कोरियाले अमेरिकी विद्यार्थीलाई थुनाबाट रिहा गरिएको केही समयपश्चात उक्त विद्यार्थी अटो वार्मबिएरको मृत्यु भएपछि उत्तर कोरियाली मुलुकलाई ‘आतंकवादको प्रायोजन गर्ने राज्य’को सूचीमा समावेश गराउने अभियानले तीव्रता पाएको थियो ।

प्रकाशित मिति: २०७४,मङ्सिर,५,मंगलवार ०४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सिड्नी । अष्ट्रेलियाको पूर्वी राज्य क्वीन्सल्याण्डले विश्वको सबैभन्दा ठूलो पम्प गरिएको जलविद्युत ऊर्जा भण्डारण योजना निर्माण गर्ने भएको छ ।

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार

तेहरान । इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनका क्रममा ९ जना जना युरोपेली नागरिक पक्राउ परेका

काठमाडौं । म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीका पूर्व सल्लाहकार तथा अष्ट्रेलियाका एक प्राध्यापकलाई सैन्य अधिकारीले तीन वर्षको जेल सजाय

ताजा समाचार

हातहतियार बुझाउन सिडिओको निर्देशन
 २०७९,आश्विन,१५,शनिवार २०:५७
डेंगुका बिरामी हालसम्मकै उच्च
 २०७९,आश्विन,१५,शनिवार २०:०९